साप्ताहिक राशिफल : वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म १२ राशिकाे फलादेश हेर्नुहाेस्

साप्ताहिक राशिफल : वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म १२ राशिकाे फलादेश हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताकाे फलादेश हेर्नुहाेस्

साताको प्रारम्भ सातौं भावमा रहेको चन्द्रमाका साथमा हुने भएकाले सामान्यतया प्रेमसम्बन्धमा सुधार आउने छ । कामको चाप र दायित्व बढ्नेछ । शरीर फुर्तिलो हुनेछ, जोस र जाँगर बढ्नाले आम्दानीमा समेत बढोत्तरी हुनेछ । अभिभावकवर्गको आशीर्वाद प्राप्त हुनेछ । राम्रो समाचार सुन्न पाउनु हुनेछ । तर मङ्गलबारपछि स्वास्थ्यमा गडबडी हुने र सानोतिनो चोटपटक नै पनि लाग्न सक्छ । त्यस्तै बिहीबारसम्म कुनै पनि नयाँ काम नथाल्नु राम्रो हुन्छ । शुक्रबारपछि लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न अनुकूल छ । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साताकाे फलादेश हेर्नुहाेस्

साताको मध्यभाग अनुकूल देखिए पनि समग्रमा प्रतिकूल समय रहने छ । खासगरी प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन् । मङ्गलबारदेखि बिहीबारसम्म तपाईंको दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ । मायाप्रेम र भावनात्मक क्रियाकलापमा समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । तर साताको अन्त्यमा राम्रो समय छैन, गर्नु नपर्ने कामबाट जोगिने बेला हो, छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । गर्न बाँकी काम पनि केही समयका लागि थाती राख्नु नै बेस हुनेछ । हरबखत सजग भई कार्य गर्नु होला । आगो, फलाम र जलाशयबाट जोगिने समय हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) साताकाे फलादेश हेर्नुहाेस्

समग्रमा यो साता तपाईं कल्पना र भावुकतामा रमाउँदा रमाउँदै समय गएको पत्तो पाउनुहुन्न । लहडी स्वभाव र मनोरञ्जक स्वभाव देखा पर्नेछन्, ख्यालठट्टामा नै झेल पर्नसक्छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । मङ्गलबारपछि भोगविलासमा आकर्षण बढ्न सक्छ, विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । बिहीबारसम्म तर्क, विवाद र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ । शुक्रबारपछि सोचेजस्तै सफलता प्राप्त हुनेछ । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । मनोरञ्जनको आशा जागे पनि कर्मक्षेत्रमा व्यस्त रहनु पर्ने छ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ केही समय पर्खनु राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साताकाे फलादेश हेर्नुहाेस्

यो साता तपाईंले घरायसी प्रयोजनका काम र घरगृहस्थीमा धेरै समय खर्चनु पर्नेछ । वैदेशिक रोजगारी गर्नेहरूले घरायसी कुरा सम्झेर समय बिताउने छन् । स्वास्थ्यमा मौसमी रोगको प्रकोप छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मङ्गलबारपछि अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ । बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । शुक्रबारपछि काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन् । झिनामसिना कामका लागि पनि निक्कै खट्नु पर्छ । भरिसक्य मुद्दामामिला र झैझगडाबाट टाढा रहनु होला, निर्णय क्षमताले काम नगर्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साताकाे फलादेश हेर्नुहाेस्

सामाजिक काममा खट्ने समय छ । परिश्रम र प्रयास गरी जस पाइने कामतिर मन जानेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । व्यापार गर्नेले पनि सोचेजस्तै लाभ लिन सक्नेछन् । आर्थिक लगानी हुनेछ । मङ्गलबारपछि घरायसी कामधन्दा र पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । शुक्रबारपछि विद्यार्थीहरुले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउने समय हो । अन्य सबैका लागि भौतिक सुविधाको दीर्घकालिक जोहो गर्ने अवसर देखापर्ने छ । चिन्तन र बौद्धिकताको क्षेत्रमा राम्रो छ । तर सप्ताहान्तमा रमाइलो र मनोरञ्जन गर्दागर्दै निराशा हुने देखिन्छ । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) साताकाे फलादेश हेर्नुहाेस्

बिहीबारसम्म उत्साहवर्द्धक समय छ । कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ, चिताएभन्दा बढी कमाउने योग छ । सामाजिक काममा संलग्न हुनु पर्नेछ । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । शुक्रबारपछि विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । तर घरमा बस्नेले अनावश्यक दौडधुप गर्नु पर्नेछ । काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन् । नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) साताकाे फलादेश हेर्नुहाेस्

आफ्नै राशिमा रहेको चन्द्रमाका साथमा नयाँ साताको प्रारम्भ हुने भएकाले यस अवधिमा कुनै नयाँ उद्योगधन्दा वा व्यवसायको थालनी गरेमा व्यवहारिक रूपमा फाइदा पुग्नेछ । उपलब्धीमूलक यात्रा हुने योग छ, संयमता र धैर्यतालाई त्याग्नु हुँदैन । सम्पति प्राप्त गर्ने सम्भावना छ । पारिवारिक जीवन संतोषप्रद हुनेछ । साझेदार वा सहयोगीको सङ्गतले लाभ प्राप्त हुने सम्भावना छ । व्यस्त समयचर्या कायम हुनेछ । परदेश वा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । घरायसी मामिलामा समय दिन नसक्नाले केही केही धमिलोपन आउन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साताकाे फलादेश हेर्नुहाेस्

साताको प्रारम्भ अनुकूल छैन, सुखी जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । साताको मध्यभागमा क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । सप्ताहान्तमा व्यवसायिक क्षेत्रमा बोलीको कदर हुने समय छ । वाणि र व्यवहारप्रति विपरीत लिङ्गीको आकर्षण बढ्नेछ । जोस र जाँगर बढ्नेछ । धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । भौतिक सम्पत्तिको जोहो हुनेछ । तर घरायसी मामिलामा समय दिन नसक्नाले केही केही धमिलोपन आउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) साताकाे फलादेश हेर्नुहाेस्

समग्रमा यो हप्ता भेटघाट र मनोरञ्जनमा समय व्यतीत हुनेछ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । समाजमा बुद्धिको प्रशंसा हुनेछ । घरपरिवार र नातेदारमा सुमधुर सम्बन्ध कायम हुनेछ । मङ्गलबारपछि खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । साताको अन्त्य पनि अनुकूल छैन, महत्वाकाङ्क्षा र इच्छाहरूमा बज्रपात हुनसक्छ, कुनै वस्तुको किनमेल र कारोबार गर्दा ठगीमा परिने छ । लामो दूरीको यात्रा गर्नु बेस हुँदैन, घरायसी वातावरणमा प्रतिकूल नै देखिन्छ । मध्यम प्रकृतिको समय भए पनि समग्रतामा राम्रो परिणाम प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) साताकाे फलादेश हेर्नुहाेस्

साताको पूर्वार्द्ध गजबको देखिन्छ, पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । त्यसैले यतिबेलाको समय विगतका कमीकमजोरी सम्झने समय होइन । तर सप्ताहान्त प्रतिकूल छ, शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । कसैबाट सहयोग र सद्भाव मिल्न कठिन छ । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ, खर्चको मात्रा बढ्न सक्छ । विचार गरेर काम गर्नुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) साताकाे फलादेश हेर्नुहाेस्

हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । कतिपय राम्रा अवसर प्राप्त गर्नुहुनेछ । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । अपूरा कार्य पूर्ण हुनेछन् । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ र त्यस पाटोका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन । स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नु पर्दैन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) साताकाे फलादेश हेर्नुहाेस्

साताको प्रारम्भ अनुकूल छैन, जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । अनाहकमा अरुले गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था आउला । बोलेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नातेदारले अपमानित तुल्याउन सक्छन् । इष्टमित्रको शुभकामना प्राप्त गर्न सकेमा शुभफल प्राप्त हुनेछ । तर मङ्गलबारपछि बाँकी समय असल छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तनावको सामना गर्नुपर्ने छ । उता साताको अन्त्यमा अचानक कर्मक्षेत्रमा ठूलो समस्या देखिन सक्छ, पिता वा पितृतुल्य व्यक्तिको स्वास्थ्यस्थिति र मानसम्मान चिन्ताको विषय बन्न सक्छ ।

-सहप्राध्यापक कृष्णप्रसाद कोइरालाले लेख्नुभएकाे राशिफल ज्याेतिष साथीबाट लिएका हाैँ ।