काठमाडौं । काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि चिनियाँ रेलवे कम्पनी सीरसीसीले काठमाडौं महानगरपालिकालाई प्रस्ताव गरेको छ । काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाईका प्रमख महेश काफ्लेले चिनियाँ सरकाको मताहतमा रहेको चिनियाँ रेलवे कम्पनी सीआरसीसीले राजधानको चक्रपथमा दुई वर्षभित्र मोनोरेल निर्माण गरी सञ्चालन गर्ने प्रस्ताव गरेको जानकारी दिए । चक्रपथको कुल लम्बाई २७ किलोमिटर छ । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।
सीआरसीसीले पेस गरेको उक्त प्रस्ताव अहिले महानगरपालिकाले आन्तरिक छलफल गरिरहेको जानकारी दिँदै काफ्लेले सम्बन्धित व्यक्ति र क्षेत्रसँगको आवश्यक छलफल र सुझाव सल्लाहसँगै महानगरको बोर्डको अनुमोदनपछि यस प्रस्तावलाई अगाडि बढाइने बताए ।