भदौ १० देखि ‘जनताको साथमा कांग्रेस’ अभियान

भदौ १० देखि ‘जनताको साथमा कांग्रेस’ अभियान

काठमाडौं, ४ भदौ।सत्तारुढ नेपाली कांग्रेसले मंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचनका लागि भदौ १० गतेदेखि १४ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्‍चालन गर्ने भएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शनिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले जनताको साथमा कांग्रेस अभियान सञ्चालन गरिने बताए ।कांग्रेसले भदौ १० देखि २४ सम्म गर्ने अभियानमा पार्टीले विगतमा सरकार हुँदा गरेका काम अब गर्ने कामका बारेमा जनतालाई भन्‍ने प्रवक्ता डा. महतले बताए । आइतबारदेखि यस अभियानका क्रममा ७७ जिल्ला जाने प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइनेछ ।

प्रदेश क्षेत्रमा प्रदेश समितिले नै प्रतिनिधि खटाउने पनि उनले जानकारी दिएका छन् । त्यसैगरी जिल्लाले पालिका तहमा र पालिकाले वडा र टोल तहमा प्रतिनिधि खटाउने पनि जनाइएको छ