काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं।नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ९ बजेका लागि बोलाइएको हो । बैठकमा सत्ता गठबन्धनभित्र चुनावी तालमेल तथा भागबण्डाका लागि बनाइएको कार्यदलमा पार्टीको अडान र दृष्टिकोणका विषयमा स्पष्ट पार्न छलफल हुने सहमहामन्त्री जीवन परियारले बताउनुभयो ।

काँग्रेसले सत्ता गठबन्धनबीच तालमेल हुँदा १ सय सिट पाउनुपर्ने अडान लिँदै आएको छ । तर, गठबन्धनभित्र दलहरूले आफ्नो तर्फबाट दावी प्रस्तुत गर्दैगर्दा काँग्रेसको आधिकारिक अडान र दृष्टिकोणका विषयमा थप स्पष्ट गरिने उहाँको भनाइ छ ।

कार्यदलको बैठकमा पार्टीको हाल संसदमा कायम रहेको शक्ति, स्थानीय निर्वाचनमा प्राप्त गरेको मत तथा वर्तमान परिस्थितिको आधारमा सिट बाँडफाँट गर्ने सैद्धान्तिक सहमति भएको छ ।