कांग्रेस नेता गिरीको स्वास्थ्य सुधारोन्मुख

कांग्रेस नेता गिरीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ।

बिहिबार कांग्रेस सचेतक मीनबहादुर विश्वकर्माले विज्ञप्ति मार्फत सांसद गिरीको अवस्थामा सुधार देखिएको जनाएको छ । ‘नेपाल आउन साथ निमोनिया देखिएकोले तत्काल ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना भई उपचार भइरहेको छ । चिकित्सक एवं परिवार स्रोतका अनुसार उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको बुझिएको छ’, सचेतक विश्वकर्माले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।