नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ किन ?

नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ किन ?

काठमाडौं । संसद्का दुवै सदनबाट पारित भएर साउन १५ गते राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भइरहेको छ ।

प्रमाणीकरणको लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पुगेको १२ दिनसम्म पनि विधेयक प्रमाणीकरण नभएको भन्दै शिर्ष नेताहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन् । राष्ट्रपति कार्यालयले भने नागरिकता सम्बन्धी विधेयक अध्ययनको क्रममा रहेको बताएको छ ।

संविधानको धारा ११३ मा प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनुपर्ने व्यवस्था छ । नेपालको संविधान अनुसार राष्ट्रपतिको भूमिका सरकार र संसदलाई सघाउने खालको भएपनि ऐन प्रमाणीकरणमा ढिलाइ गरेको प्रति अरु सरोकारवालाले पनि चिन्ता व्यक्त गरिरहेका छन् । तर, संविधानविद्हरूले भने राष्ट्रपतिसँग केही दिन अध्ययनका लागि समय लिन सक्ने अधिकार रहेको बताएका छन् । नागरिकता विधेयकमा रहेको अङ्गिकृत नागरिकता प्रदानको प्रावधानमा एमालेले विरोध गरिरहेको छ ।