गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

गुल्मी, २२ साउन।गुल्मीको रेसुङगा नगरपालिका–१० काभ्रेपैरोमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा गुल्मीकै गुल्मीदरबार गाउँपालिका–३ गौडाकोटका ३८ वर्षीय रण बहादुर ढेगा रहेका छन् ।

अचानक सडक भासिएर राङबासबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १८६६ नम्बरको ट्रक अन्दाजी ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।चालक ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।