प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु हुँदै

प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु हुँदै

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु हुँदैछ । सरकारले आगामी मङ्सिर ४ गते निर्वाचनको मिति घोषणा गरेपछि आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता आह्वान गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले साउन ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा दल दर्ता हुने जानकारी दिए । आयोगका अनुसार दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति उल्लेख गर्नुपर्नेछ ।

दलले निवेदन दिँदा प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सातवटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्नेछ । निर्वाचन आयोगमा हाल १ सय १६ वटा राजनीतिक कायम रहेका छन् ।