माओवादी अध्यक्ष प्रचण्ड जापान भ्रमणमा के–के गर्दैछन् ?

माओवादी अध्यक्ष प्रचण्ड जापान भ्रमणमा के–के गर्दैछन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुगेका छन् । हिजो राति जापानका लागि प्रस्थान गरेका अध्यक्ष प्रचण्ड आज बिहान टोकियोस्थित नारिता विमानस्थलमा अवतरण गरेका हुन् ।

प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले विमानस्थलमा स्वागत गरे । नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा विभिन्न कार्यक्रममा सहभागी हुन उनी वायुसेवा निगमको जहाजमार्फत् जापान गएका हुन् । प्रचण्डले आज जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको उद्घाटन गर्ने कार्यक्रम छ । अध्यक्ष प्रचण्डले भोलि हिरोसिमाको भ्रमण गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

भोलि नै उनी नेपाली जनप्रगतिशिल मञ्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबीच ‘समृद्ध नेपालको आधारः आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा पनि सहभागी हुनेछन् । जापानमा रहँदा जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूँग भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।