एकैदिन ९१२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

एकैदिन ९१२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ, २० साउन।नेपालमा थप ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ९ सय ४१ पिसिआर परिक्षणका क्रममा ५ सय २९ जना र ३ हजार ५ सय ५० एन्टीजेन परिक्षणका क्रममा ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालस्म्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ७० जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ सय ७० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७१ हजार ६ सय २० जना निको भएका छन् ।

हाल नेपालमा ५ हजार ७ सय ६० सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।