नेपाली फुटबल टोली आज स्वदेश फर्कदै

नेपाली फुटबल टोली आज स्वदेश फर्कदै

काठमाडौं, १९ साउन।भारतमा जारी साफ यू२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली आज स्वदेश फर्कने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ले नेपाली टोली आज अपरान्ह ४ बजे नेपाल आईपुग्ने एन्फाले जनाएको छ । भुवनेश्वरस्थित कालिङ्गा रङ्गशालामा जारी प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको थियो । नेपालले प्रतियोगितामा माल्दिभ्स र श्रीलङ्कालाई हराएको थियो । बङ्गलादेशसँग बराबरी खेल्दा भारतसँग फराकिलो हार व्यहोरेको नेपाल तेस्रो स्थानमा सिमीत रह्यो । फाइनलमा भारत र बङ्गलादेशले प्रतिस्पर्धा गर्नेछन् ।