जाजरकोटका सुब्बादेखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

जाजरकोटका सुब्बादेखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

सुुर्खेत । जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन् । बेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको अवस्थामा फेला परेका हुन् ।

नेत्र विक्रम चन्द ( विप्लव) नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेका उनीहरुलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई बुझाएको छ । कार्यालयको ढोका बन्द गरी नागरिक कक्षमा मदिरा सेवन गरिरहेका थिए । सरकारी कार्यालय भित्र मदिरा सेवन गर्नु कस्तो गैरजिम्वारीपन ? भन्दै नेकपा भेरी नगर कमिटी ईन्चार्ज विराजन शाहीले कारवाहीको माग गरेको बताए ।

यसवारेमा बुझ्न खोज्दा आफ्नै क्वाटरको बाहिर साथीभाइ बसिरहेको कार्यालय प्रमुख धितालको भनाई छ तर प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले आवश्यक कारवाही गरिने बताए । उनले भने, ‘भोली बिहान छलफलका लागि बोलाएका छौं आवश्यक कारवाही हुन्छ ।’