जनार्दन शर्मालाई नै पुनः अर्थ मन्त्री बनाउने तयारी

जनार्दन शर्मालाई नै पुनः अर्थ मन्त्री बनाउने तयारी

काठमाडाै।चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता नदेखिएको संसदिय छानबिन समितिको निष्कर्ष पछि पुनः जनार्दन शर्मालाई नै अर्थमन्त्रीका रुपमा पठाउने तयारी सुरू भएको छ ।

कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले शर्मालाई अर्थ मन्त्रालय नपठाउने कुनै कारण नभएको बताउनुभयो । पार्टीमा शर्माको विकल्पबारे कुनै छलफल नभएको भन्दै उहाँले शर्मामाथिको आरोप पुष्टि नभएकाले त्यसबारेमा छलफल हुने बताउनुभयो । भोलि पार्टीको स्थायी समिति बैठक बोलाईएकाले बैठकले नै त्यसबारे निर्णय गर्ने नेताहरूले बताएका छन् ।

तर, प्रमुख सचेतक देव गुरुङले भने शर्मालाई पार्टीले फिर्ता बोलाएको् नभएर उहाँले छानबिनका लागि राजिनामा दिनुभएकाले निर्दोश साबित भएपछि उहाँ नै मन्त्रालय फर्कने विषयमा दुईमत नभएको बताउनुभयो ।