भारतमा कोरोनाको सङक्रमण फेरि बढ्दै

भारतमा कोरोनाको सङक्रमण फेरि बढ्दै

काठमाडौं, १३ साउन।भारतमा कोरोना भाइरसको सङक्रमण फेरि बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा २० हजारभन्दा धेरैमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यसअघि लगातार तीन दिनसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २० हजारभन्दा कम रहेको थियो । अहिलेसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ३९ लाख ५९ हजार ३ सय २१ पुगेको छ । देशभर १ लाख ४६ हजार ३ सय २३ सक्रिय सङ्क्रमित छन् ।

कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या अहिलेसम्म ४ करोड ३२ लाख ८६ हजार ७ सय ८७ पुगेको छ । कोरोना सङ्क्रमणबाट गत २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ ।