सम्बन्धित् देशको नागरिकता त्यागेपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिनुपर्छ : वामदेव गौतम

सम्बन्धित् देशको नागरिकता त्यागेपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिनुपर्छ : वामदेव गौतम

काठमाडौं, ९ साउन।राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्बन्धित् देशको नागरिकता त्यागेपछि मात्र विदेशी महिललाई वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने बताएका छन् ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा सहभागी हुँदै गौतमले सम्बन्धित् देशको नागरिकता त्याग्न प्रक्रिया थालेको वा त्यागेको प्रमाण पेस गरेपछि मात्र विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने बताए ।उक्त विधेयक नागरिकता पाउन नसकेका नागरिकका लागि आवश्यक रहेको भन्दै उनले विश्वभर कोही पनि अनागरिक भएर बस्ने अवस्था रहनु नहुने बताए ।

प्रतिनिधसभाबाट पारित भएको उक्त विधेयकले विवाह गरी आएकी विदेशी महिलालाई तुरुन्तै वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्था गरेको छ । साथै गैरआवासीय नेपालीलाई पनि आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधि गर्न पाउने गरी नागरिकता पाउने व्यवस्था पनि सो विधेयकमा व्यवस्था गरिएको छ ।