काठमाडौँ, ८ साउन।संघीय संसद् प्रतिनिधि सभा बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ । त्यसैगरी कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने र आजै उक्त कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ ।
२९ मंसिर २०७६ मा संसदमा दर्ता भएको यो विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार लगायतका विषय समेटिएको छ ।