पञ्जाबविरुद्ध पाँच खेलाडी परिवर्तन गर्दा समेत दिल्लीमा सन्दीप परेनन्

पञ्जाबविरुद्ध पाँच खेलाडी परिवर्तन गर्दा समेत दिल्लीमा सन्दीप परेनन्

वैशाख १० – दिल्ली डेयरडेभिल्सले आजको खेलमा घरेलु मैदानमा नेपाली बलर सन्दीप लामिछानेलाई उतार्ने धेरैको अनुमान थियो ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटला रंगशाला स्पिनरमैत्री भएकाले आज सन्दीपले खेल्ने सम्भावना निकै रहेको दिल्ली आफैले बताएको थियो । तर सन्दीप दिल्लीको टिम ११ मा आज पनि पर्न सकेनन् ।
दिल्ली डेयरडेभिल्सको टिम ११ टिममा गौतम गम्भीर (कप्तान), श्रेयस अय्यर, पृथ्वी शा, ऋषभ पन्त, ग्लेन म्याक्सवेल, डेयानियल क्रिस्टियन, राहुल तेवतिया, लियाम प्लंकेट, अमित मिश्रा, अवेश खान, ट्रेन्ट बोल्ट रहेका छन् ।