एकैदिन थप ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन थप ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २ साउन।नेपालमा थप ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ३ सय ४१ पिसिआर परिक्षणका क्रममा ३ सय ८६ जना र २ हजार ३ सय १० एन्टीजेन परिक्षणका क्रममा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार थप ४८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ६४ जना निको भएका छन् ।

हाल नेपालमा १ हजार ७ सय ७६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।