विभिन्न आशंका उठिरहेका बेला एमाले र माओवादी केन्द्रका अध्यक्षले दुई पार्टीबीच एकता हुनेमा कार्यकर्तालाई आश्वस्त पारेका छन् ।कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसवर पारेर आईतबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले एकता आश्चर्यजनक रुप्मा कुनै पनि दिन हुनसक्ने बताए । आजको नागरिक दैनिकमा यो खबर छ ।
केन्द्रीय एकता संयोजन समितिले आयोजना गरेको कार्यक्रममा दुवै दललाई एकताबाट दायाँबायाँ गर्ने छुट नभएको दावी पनि दुवै अध्यक्षले गरे । हिजो जसरी एकता गर्ने विषयलाई आश्चार्यजनक रुपम हामीले अघि ल्यायौँ । त्यसैगरी एकीकृत पार्टीको केन्द्रीय कमिटिी घोषणा पनि हुन्छ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने, बाहिर हल्ला भएको दिनमा हुँदैन ।
एकता सयोजन समितिले निर्मा गरेको कार्यदलहरुले पनि वैशाख ९ गने एकता गर्न सुझाव दिएका थिए । दुवै दलका शिर्ष नेताहरुले पनि सो मितिमा एकता हुने दोहोर्याउँदै आए पनि एकता भएन ।