काठमाडौं, १० वैशाख । सरकारकै संरक्षणमा लामो समयदेखि यातायात क्षेत्रमा सिन्डिकेट हुँदै आएको पाइएको छ। एक वर्षअघि कानुन आयोग र आपुर्ती मन्त्रालयले बनाएको प्रतिस्पर्धा प्रबद्र्धन तथा बजार व्यवस्थापनसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा आपुर्ती मन्त्रालयले लुकाएको खुलेको हो। उक्त मस्यौदा पारित भएको भए सिन्डिकेट गर्ने व्यक्ति र समूह यतिबेला जेल सजाय भोगिरहेका हुने थिए। मकर श्रेष्ठले लेख्नुभएको यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।
आयोगले सिन्डिकेट कायम गर्ने व्यक्ति, समूह र संस्थालाई फौजदारी कानुनअनुसार कारबाही गर्न सक्ने गरी कानुनको मस्यौदा बनाएको थियो। तर ल्यसलाई मन्त्रालयले गुपचुप राख्दै आएको हो। आपुर्ती मन्त्रालयकै आग्रहमा आयोगले ऐन संशोधनको मस्यौदा २०७३ चैत ४ मा सरकारलाई बुझाएको थियो।