काठमाडौं, १० वैशाख । राजधानीबाहिरका जिल्लामा गएर बिरामीको उपचार गर्नुपर्ने भएपछि चिकितसकले बढुवा हुन इच्छा देखाएका छैनन् । सरकारले केही समयअघि नवौं तहमा १४० कन्सलटेन्ट डाक्टरको अभाव भएपछि पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको थियो । जसमध्ये ४६ जना आठौं तहबाट नवौं तहमा बढुवा हुनुपर्ने प्रावधान छ । तर, बढुवाका लागि २० जनाले मात्र निवेदन दिएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।