थिमि नगरपालिकाका ‘मेयर साब’ माथि सांघातिक आक्रमण

थिमि नगरपालिकाका ‘मेयर साब’ माथि सांघातिक आक्रमण

काठमाडौँ, ८ वैशाख । मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमण भएको छ । आज साँझ अज्ञात समूहले मेयर श्रेष्ठलाई उनकै घर अगाडि आक्रमण गरेको स्थानीय समाचारदाता दिपेश साःखले जनाएका छन् ।

घाइते श्रेष्ठको मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको छ । उनी चढेको बा ८ च ८७२० नम्बरको कार समेत तोडफोड भएको छ। तोडफोडबाट कारका सिसाहरु फुटेका छन् । महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायव उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार आक्रमणकारीको अहिले खोजी कार्य भैरहेको छ ।