चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउले भेटे प्रधानमन्त्री देउवालाई

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउले भेटे प्रधानमन्त्री देउवालाई

काठमाडौँ, २६ असार।नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।

आइतबार अपरान्ह बालुवाटार पुगेर लिउ जियानचाओले प्रधानमन्त्री देउवासंग भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा दुई पक्षिय सम्बन्धको बारेमा चर्चा भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।चार दिने भ्रमणका लागि आइतबार बिहान मात्रै चिनियाँ टोली नेपाल आइपुगेको हो । गत जुनमा सीपीसीको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि उहाले आफ्नो पहिलो विदेश भ्रमण नेपालबाट सुरु गर्नुभएको हो ।

भ्रमणका क्रममा जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगाएतसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।