

काठमाडौं । दुई दिनदेखि स्थगित माओवादी केन्द्रीय समितिको बैठक आज अपरान्ह सुरु हुने भएको छ । प्रदेश र गैरभौगाेलिक क्षेत्रवाट रिर्पोटिङ तथा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिने पुर्ववत कार्यतालिका रहेको छ ।
गत पुसमा सम्पन्न महाधिवेसनबाट १५ र आवाश्यकता अनुसार पदाधिकारी चयन गर्ने बिधानको निर्देशन अनुसार सम्भवतः आज अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारीको नाम पनि प्रस्ताव गर्ने सक्ने एक केन्द्रीय सदस्यले बताएका छन् । त्यसका लागि दुई दिनदेखि गृहकार्य गरेका अध्यक्ष प्रचण्डले तेस्रो पुर्ण बैठकबाट नै पदाधिकारी टुंगाउने योजनाअनुसार आन्तरिक गृहकार्य बढाएका छन् ।