बाबुरामले बोलाए समानान्तर केन्द्रीय समितिको विस्तारित बैठक

बाबुरामले बोलाए समानान्तर केन्द्रीय समितिको विस्तारित बैठक

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक आब्हान गरेका छन् । अध्यक्ष उपेन्द्र यादवले बिरगञ्जमा २७–२८ गते केन्द्रीय कार्याकारिणी समितिको बैठक बोलाएकै दिनमा भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।

‘पार्टीका पछिल्लो अवस्थाकाबारेमा छलफल गरी निष्कर्षमा पुग्नका लागि केन्द्रीय समितिको विस्तारित बैठक बोलाइएको हो’ केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठले भने ।
उनका अनुसार केन्द्रीय समितिमा रहेका सबै सदस्यलाई सो बैठकमा उपस्थित हुन लागि निमन्त्रणा गरिएको छ ।

आन्तरिक कलहमा होमिइरहेको बेला अध्यक्ष यादवले तीनजना मन्त्रीलाई फिर्ता बोलाएर तीन जना मन्त्रीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाएपछि जसपा नेपाल थप बिबादित भइरहेको बेला अध्यक्ष भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।