माओवादी केन्द्रीय समिति बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ

माओवादी केन्द्रीय समिति बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको पुर्ण बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जवाफ दिने भएका छन् । गत आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदन माथी केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको छ ।

९ वटा अजेन्डामा छलफल गरिरहेको माओवादी बैठकमा सुरुको दिन प्रदेश र गैर भुगोलबाट रिर्पोटिङ भएको थियो भने दोस्रो दिन केन्द्रीय सदस्यहरुले केन्द्रीय नेतृत्व माथी प्रश्न गरेका थिए ।