आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौं, १९ असार।आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी वायुको प्रभावले देशभर सामान्यतया बदली रहि धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै प्रभावले अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का पानी परिरहेको छ । यस्तै राति पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुँदा बागमती र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यसैगरी भोलि दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।