एमालेको सचिवालय बैठक आज बस्दै

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं, १९ असार।प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुने एमालेले जनाएको छ ।

प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिने तयारी छ । केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्ने लगायत कामका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा तीन उपमहासचिव, सात सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय रहेको छ । हिजो बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकको एजेण्डा तय गरिसकेको छ ।