काठमाडौं, ६ वैशाख । एमालेका फरार प्रदेश सांसद दीपक मनाङे (राजिव गुरुङ) पक्राउ परेका छन्। प्रदेश ४ का प्रदेशभासभा सदस्य समेत रहेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । मनाङ्गेलाई स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको परिसरका प्रवक्ता एवं डीएसपी मोहन थापाले बताएका छन् ।
१२ वर्षअघि चक्रे मिलनको हात छिनाएको घटनामा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दामा दोषी ठहर भएका उनी फरार थिए। उनी मनाङ प्रदेशसभाबाट एमालेका उम्मेदवारका रुपमा निर्वाचित भएका थिए।
२०६१ साल बैशाख ३१ गते महाराजगञ्जको चाइनिज चुफाङ रेष्टुरेन्टमा चक्रे मिलनको बायाँ हात छिनाएको मुद्दामा सर्वोच्चले दोषी ठहर गरेपछि उनी फरार भएका हुन्। उनीविरुद्ध इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको थियो।
गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिएका छैनन् ।