युवा संघको नेतृत्वमा रमेश पौडेल चयन, अरु को–को अाए ?

युवा संघको नेतृत्वमा रमेश पौडेल चयन, अरु को–को अाए ?

काठमाडौं, ६ वैशाख । एमाले सम्वद्ध युवा संघको नयाँ नेतृत्वमा रमेश पौडेल चयन भएका छन् । अाज बिहान सम्पन्न संघको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।

पौडेल यसअघि युवा संघको उपाध्यक्ष थिए । यसअघिको अध्यक्ष राजीव पहारी प्रदेशसभा सांसद भएपछि नयाँ नेतृत्व चयन गरिएको हो । नेतृत्वमा दावी गर्दै आएकी दिलु पन्त भने विदा भएकी छन् ।

७ जना उपाध्यक्षमा किरण पौडेल, प्रभात विक्रम कटुवाल, कान्ति बुर्लाकोटी, हस्त शाही, परशुराम बस्नेत, गोविन्द थापा र चन्द्र लामा छन् । किरण पौडेल यसअघि महासचिव थिए भने गोविन्द थापा र चन्द्र लामा पहिले पनि उपाध्यक्ष नै थिए ।

नरेश शाही महासचिव बनेका छन् । उनी यसअघि सचिवको जिम्मेवारीमा थिए ।उपाध्यक्षद्वय हस्त शाही र कान्ति बुर्लाकोटी तथा महासचिव नरेश शाही माधव नेपाल समूहका हुन् । अरु सबै केपी ओली समूहका हुन् । बैठकले १४ जना सचिव पदमा १३ जनालाई चयन गरेको छ । एकजना भने पछि पदपूर्ति गर्ने युवासंघले जनाएको छ ।

सचिवहरुमा राजु कार्की, क्षितिज थेवे, अन्जना अधिकारी, उर्मिला सुनुवार, पुर्ण लामा, सुरेन्द्रमान कार्की, ध्रुव यादव र माधव बास्तोला छन् । यसैगरी बच्चनबहादुर सिंह, राजेश साह, सन्तोष रावल, हिमाल लिम्बु र दिपक जिएम पनि सचिव बनेका छन् । कोषाध्यक्षमा अमित लामा चुनिएका छन् ।

अनुशासन आयोगको अध्यक्ष गजेन्द्र शाही, लेखा आयोगको अध्यक्षमा दामोदर दंगाल र केन्द्रीय कार्यालय विभाग प्रमुखमा सुमन पुरी छन् । अनुशासन आयोग, लेखा आयोग र कार्यालय विभाग प्रमुखहरु स्थायी कमिटीसरह रहन्छन् ।