माओवादी केन्द्रले मन्त्री फेर्दैन : दिनानाथ शर्मा

माओवादी केन्द्रले मन्त्री फेर्दैन : दिनानाथ शर्मा

काठमाडौं, १४ असार।नेकपा माओवादी केन्द्रले मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने विषयमा अहिलसम्म छलफल नै नगरेको बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा शर्माले मन्त्री फेर्ने विषयमा अहिलेसम्म छलफलको एजेण्डा नै नबनेको बताए ।६/६ महिनामा मन्त्री फेर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने भन्दै उनले निर्धारित कार्यकालभर मन्त्रीलाई काम गर्न दिनुपर्ने बताए ।

दुई महिना मन्त्रालयकाबारेमा बुझ्न नै समय लाग्छ, अर्काे दुई महिना एजेण्डा बनाउन नै समय लाग्छ,’ उनले भने, ६÷६ महिनामा मन्त्री फेर्दा काम गर्न पाउँदैनन् । यसर्थ निर्धारित कार्यकालभर मन्त्रीलाई काम गर्न दिनुपर्छ ।’

मन्त्री फेर्ने विषयमा हालसम्म आफ्नो पार्टीभित्र छलफल नै नभएको जानकारी दिएका उनले भने, ‘१९ असारमा बस्ने केन्द्रीय समिति बैठकमा कसैले कुरा उठाए भने बेग्लै कुरा हो । नत्र अहिलेसम्म मन्त्री फिर्ता बोलाउने विषयमा कुरा भएकै छैन ।’

मन्त्री फेर्ने परिपाटीले जनतामा राम्रो सन्देश नजाने र जनताको काम पनि नहुने उनको भनाइ छ ।आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने बताउँदै उनले आपसी असमझदारी र कमिकमजोरी सच्याउँँदै उम्मेदवारको टुंगो लगाउने जानकारी दिए ।