सहाराको प्राङ्गणमा राधे राधेको संकीर्तन सेवा

सहाराको प्राङ्गणमा राधे राधेको संकीर्तन सेवा

काठमाडौं ।वृध्दवृध्दालाई भोजन आवाश उपचार लगायतका सेवा गर्न भौतिक सहयोग आवश्यक भए पनि उनीहरुलाई भित्रैदेखि खुशी पार्न अध्यात्म सहयोगी हुने रहेछ । उक्त अभिमत भक्तपुरको सल्लाघारी सृजनानगरस्थित सहारा हेरचाह केन्द्रका कल्पना वयजूले श्री राधा माधव समिति नेपाल र यस सम्वध्द डिभाईन युथ क्लव नेपालद्वारा अन्न तथा फलफूल हस्तान्तरनिम्ति सहारा केन्द्रमा आयोजित कार्यक्रममा राख्नुभएको हो ।

वृध्दवृध्दालाई भगवन्नाम संकीर्तन र महाप्रसाद सेवा एकसाथ प्रदान गरेर वृध्दवृध्दाको आत्मसन्तुष्टि बढाएकोमा राधे राधे परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । श्री राधा माधव समिति नेपालका तर्फबाट किरण ख्वजुले श्री राधा माधव समिति नेपालले आत्मकल्याणको निम्ति मानव सेवा र आध्यात्मिक साधना साथसाथै लैजानु पर्ने कृपालू महाप्रभुको मार्गनिर्देश अनुशरण गर्दै यस सम्वध्द डिभाईन युथ क्लव परिवारका सदस्यहरुबाट खाजा खर्च कटाई संकलित रकमबाट उक्त सेवा गरिएको वताउनुभयो । २७ जना फरक रुपमा सक्षम वृध्दवृध्दालाई रु तीस हजार बरावरको अन्न,तेल ,तरकारी फलफूल लगायतका सामाग्रि हस्तान्तर गरिएको उक्त कार्यक्रममा श्री ख्वजूले वृध्दवृध्दालाई भौतिक भन्दा पनि मनोवैज्ञानिक सहयोग र साथ आवश्यक रहेको सन्दर्भमा देशभरका युवाहरुलाई सिर्जनशील उद्यमी भएर स्वदेशमै रही सेवा र साधनाका यस्ता कार्यमा सरिक हुन आग्रह समेत गर्नुभयो । आध्यात्मिक भाव नै सेवा भावको जननी रहेको वताउंदै सहारा केन्द्रका सचिव तथा ओशो सन्यासी प्रचण्ड कारन्जितले मानवताको रक्षार्थ मानव सेवामा समर्पित हुन आध्यात्मिक गुरुहरुद्वारा प्रदत्त मार्गनिर्देशलाई अनुुशरण गर्दै सहारा केन्द्र वृध्दवृध्दाको सेवामा जुटेको बताउनुभयो ।

स्मरण रहोस् जगद्गुरु श्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजीले औपचारिक रुपमा प्रवचन दिन आरम्भ गरेको १४ वर्ष पूरा भई १५ औ वर्ष प्रवेशको पावनतम अवसरमा श्री राधा माधव समिति नेपालका उमा थापाको संचालनमा सम्पन्न उक्त कार्यक्रममा साधक किरण ख्वजु , डिभाईन युथ क्लव नेपालका उत्शव पाण्डे लगायतले ज्येष्ठ नागरिकहरुका साथमा नमः शिवाय नम : शिवाय , गोपाल राधे कृष्ण गोविन्द गोविन्द शीर्ष भगवन्नाम संकीर्तनमा अगुवाई गरेका थिए भने डिवाईसिका संस्थापक सदस्य विवेक रेग्मीले समग्र कार्यक्रमको श्रव्य दृश्य सामाग्रीको निर्देशन तथा सम्पादन गर्नुभएको थियो ।