

काठमाडौं, १३ असार।नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय परिषद् बैठक आजदेखि सुरु हुँदैछ ।
प्रज्ञा भवन कमलादीमा बिहान साढे ११ बजे परिषद् बैठकको पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम तय भएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो । उहाँका अनुसार बैठकमा देशविदेशका गरी १६ सय नेताहरूको सहभागिता रहनेछ । स्थानीय तहको निर्वाचनको समीक्षा, सङ्गठन सुदृढिकरण, सरकार पुनर्गठन लगायतका बारेमा परिषद् बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।
पार्टीले सरकारमा गएका मन्त्रीहरू परिवर्तन गर्ने बारेमा गरेको निर्णय कार्यान्वयनमा पार्टीभित्रैबाट भएको असहयोगका बारेमा पनि बैठकमा कुरा उठाउने कतिपय नेताहरूले तयारी गरेका छन् ।