

-रुद्राणी-
जब म सडकपेटीमा उभिन्छु, मलाई डर लाग्न सुरु हुन्छ । कुनै केटाले मलाई सुसेली हालेर जिस्काउँछ, त्यसपछि उसले सोध्नेछ, ‘तेरो ‘रेट’ कति हो भनेर । कहिलेकाहीँ यस्तो पनि लाग्छ, कसैले मेरो खुट्टा छोएर आशीर्वाद माग्नेछ । कसैले मलाई परिवारको कलंक भने, कसैले मलाई देवी ठाने, धेरै मानिसहरू म बेश्या हुँ भन्ठान्छन् ।
तर मलाई ‘रूपेश’ बाट रुद्राणी बन्न कुनै लाज र घीन लागेको थिएन । म परिवारको जेठो सन्तान थिएँ, तर मलाई आफ्नो शरीरमा कहिल्यै पनि सहजता महसुस भएन । म आफूलाई पुरुष भएको ठान्थें, तर मेरो भावना महिलाको जस्तो थियो । मलाई महिलाको सोहशृंगार मन पथ्र्यो । मलाई त्यही शरीरमा हुँदा बहुलाजस्तो लाग्थ्यो । त्यति हुँदा पनि मैले कहिल्यै हार मानिन् ।
मैले परिवारलाई आफ्नो भावनाबारे जानकारी गराएँ । यस सन्दर्भमा भाग्यमनी छु, किनभने मेरा मातापिता तथा भाइले मेरो कुरा सुनिदिए, बुझिदिए । मलाई आफ्नै हिसाबले बाँच्न स्वतन्त्र छाडिदिए । यो अनुमति मेरा लागि घरमा मात्र सीमित थियो । चिनेजानेका सबैले मलाई पुरुष नै ठानेका थिए ।
मैले कान्वेन्ट स्कुलमा अध्ययन सुरु गरेकी हुँ । म स्कुल जाँदा केटाको पोसाकमा जान्थे । मलाई पेन्ट, सर्ट र जिन्स लगाउन धेरै अप्ठ्यारो लाग्थ्यो । मैले १२ कक्षासम्म कान्वेन्ट स्कुलमै पढें । त्यहाँ पनि अरुले जिस्काउने र हेलाहोचो गर्ने प्रयास गर्थे । त्यसैले मलाई कलेज जान खासै मन लाग्दैन थियो । उनीहरूको हेलाहोचो पार्ने शब्दले मलाई धेरै दुःखी बनाउँथ्यो ।
यी समस्याबाट पार पाउन मैले लिंग परिवर्तन गर्ने निर्णय लिएँ, जुन त्यति सजिलो थिएन । यद्यपि मेरो परिवारले मलाई साथ दिएको थियो । तर त्यसभन्दा अगाडि मनोचिकित्सकले मसँग लामै कुराकानी गरे, अर्थात् भावनामा आएर लिंग परिवर्तन गर्नु हुँदैन भन्ने कुरा मैले जान्न सकूँ ।
डाक्टरसँग भेटेपछि म त युवतीजस्तो देखिँदो रहेछु भन्ने तथ्य मैले थाहा पाएँ । मेरो शरीर पनि युवतीकै जस्तो थियो । तर केही मानेमा म पूर्णरूपमा युवती बन्न पाउँदिन थिएँ । मनोचिकित्सकले मेरो परिवारलाई लिंग परिवर्तन गर्न अनुमति दियो । मैले सन् २००७ मा लिंग परिवर्तनको प्रक्रिया सुरु गरें ।
लिंग परिवर्तनको प्रक्रियामा केही टेस्ट भयो । सर्जरी गरिसकेपछि पनि शरीरमा कुनै समस्या आउँछ कि भन्ने डर लागिरहेको थियो । यति कुरा त म जसरी पनि सहन सक्छु भन्ने लाग्यो । यदि आममानिसहरूले मलाई ‘रुद्राणी’ का रूपमा स्वीकार गरेनन् भने चाहिँ के हुन्छ, मेरा लागि पेचिलो सवाल यही थियो ।
तर, जसरी मैले लिंग परिवर्तन गरें, विस्तारै मेरो आत्मविश्वास बढ्दै गयो । मैले एउटा संस्थामा काम गर्नसमेत सुरु गरें । अहिले म आफ्नो परिवारभन्दा बेग्लै बस्छु, मेरो जीवन परिवर्तन भयो । साथीहरूले मलाई साथ दिए, तर आममानिसले मेरो लुक्सलाई हाँसो बनाए । जसले गर्दा धेरैपटक मैले हीन भावना महसुस गर्नुप¥यो । यद्यपि म आफूले आफैलाई सान्त्वना दिन्छु । मैले यसलाई चुनौतीको रूपमा लिएकी छु ।
विस्तारै मैले आममानिससँग भेटघाट गर्न थालेँ । भेटघाटको दायरा विस्तारै फराकिलो हुँदै गयो । मानिसहरूले लिंग परिवर्तन गरेकी युवती हुँ भनेर चिन्न थाले । मलाई मोडलिङका लागि अफर आउन थाल्यो । म अभियनसमेत गर्न रुचाउँछु । मैले विदेशमा समेत गएर मोडलिङ गरेकी छु । सानो नै किन नहोस्, अहिले मेरो आफ्नै घर छ, जुन मैले आफ्नै हातले निर्माण गरेकी हुँ ।
आज ‘रुद्राणी’ एउटा पहिचान बनेकी छन् । कुनै बेला विभेद गर्ने यो समाज अहिले मेरो व्यवहार मन पराउँछ । आफूजस्तै मानिसको सहयोगमा म अहिले जुटेकी छु । म अहिले एक मोडलिङ एजेन्सीको मालिक हुँ । लिंग परिवर्तनको प्रक्रिया पूरा भए पनि मलाई एउटा अभाव जहिले पनि सताइरह्यो । मेरो जीवनमा धेरै मानिसहरू आए, गए, त्यो स्वाभाविक थियो । तर मेरो जीवन यात्रामा साथ दिन कोही तयार हुँदैनन्, किनभने म कहिल्यै पनि आमा बन्न सक्दिनँ । तरुणबाट