दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया सुरु

दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया सुरु

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता आज हुने भएको छ।

दोस्रो चरणमा हुन लागेको ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ सदस्यका लागि हुन लागेको निर्वाचनमा उम्मेदवारी दिन चाहने राजनीतिक दलबाट र स्वतन्त्र उम्मेदवारहरुले बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म हुने छ।

यसका लागि निर्वाचन आयोगले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको र निर्वाचनमा भाग लिन चाहने दल तथा स्वतन्त्र उम्मेदवारहरुले सम्बन्धीत जिल्लाको प्रमुख निर्वाचन आयुक्तको कार्यालय तथा तोकिएको कार्यालयमा पुगी मनोनयन दर्ता गर्नु पर्नेछ।

नयाँ संविधानको कार्यान्वयनका लागि मंसिर १० र २१ गतेगरी दुई चरणमा १६५ प्रतिनिधिसभा सदस्य तथा ३ सय ३० प्रदेशसभास सदस्य पदका लागि निर्वाचन हुँदैछ।

यसका लागि पहिलो चरणको निर्वाचनका लागि ३२ जिल्लाका ३७ प्रतिनिधिसभा तथा ७४ प्रदेशसभा सदस्य निर्वाचनका लागि यसअघि कात्तिक ५ गते नै मनोनयन दर्ता भइ उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त रहेका छन्।

प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली मार्फत प्रतिनिधिसभामा २ सय ७५ तथा प्रदेशसभामा ५ सय ५० सदस्य निर्वाचित हुँदैछन्।