कांग्रेस सचेतकमा पुष्पा भुसाल नियुक्त

कांग्रेस सचेतकमा पुष्पा भुसाल नियुक्त

काठमाडौं, ५ वैशाख । नेपाली कांग्रेसको संसदीय दलको सचेतकमा नेत्री पुष्पा भुसाल नियुक्त भएकी छिन् । कांग्रेस संसदीय दलका नेता देउवाले सांसद भुसाललाई सचेतकको जिम्मेवारी दिएका हुन् ।

देउवाले कांग्रेस संसदीय दलको विधानअनुसार यसअघि नै प्रमुख सचेतकमा नेता बालकृष्ण खाँणलाई नियुक्त गरेका थिए । कांग्रेसको विधानमा प्रमुख सचेतक वा सचेतकमध्ये एक पदमा महिला सांसदलाई मनोनीत गर्नुपर्ने प्रावधान रहेको छ । कानुन व्यवसायीसमेत रहेकी समानुपातिक सांसद भुसाल कांग्रेस केन्द्रीय सदस्यसमेत हुन् ।