आज अक्षय तृतीया: सर्वत र जौको सातु खाने दिन

आज अक्षय तृतीया: सर्वत र जौको सातु खाने दिन

काठमाडौं, वैशाख ५ – बुधबार वैशाख शुक्ल तृतीया, स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ । यो दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।

अक्षय तृतीयका दिन गरिएको दान एवं धर्मबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल वा पुण्य प्राप्त हुन्छ । यसकारण यो तिथिलाई धानधर्मका लागि अचुक काल मानिएको छ । यसलाई चिरञ्जीवी तिथि पनि भनिन्छ किनभने यसै दिन ८ चिरञ्जीवीमध्ये एक भगवान् परशुरामको जन्म भएको थियो । यो दिनलाई कुनै पनि शुभ कार्यका शुभ सिद्ध मुहूर्त मानिन्छ । घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।