पत्रकार महासंघको प्रदेश अधिवेशनका लागि तीन संगठनको भागवण्डा (कहाँ को हेर्नुहोस्)

पत्रकार महासंघको प्रदेश अधिवेशनका लागि तीन संगठनको भागवण्डा (कहाँ को हेर्नुहोस्)

काठमाडाै‌ । अागामी वैशाख २२ गते हुने नेपाल पत्रकार महासंघको प्रदेश समितिको अधिवेशनका लागि तिन संगठनहरु विच सहमति भएको छ ।

अाज बसेको नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले प्रदेशको अधिवेशनमा मिलेर जाने सहमति गरेको छन् । आज भएको सहमति अनुसार प्रदेश नं.१ को अध्यक्ष प्रेस चौतारी नेपाल, प्रदेश नं. २ को अध्यक्ष नेपाल प्रेस युनियन, प्रदेश नं. ३ को अध्यक्ष प्रेस चौतारी नेपाल, प्रदेश नं. ४ को अध्यक्ष प्रेस सेन्टर नेपाल, प्रदेश नं. ५ को अध्यक्ष प्रेस सेन्टर, प्रदेश नं. ६अध्यक्ष प्रेस चौतारी नेपाल, प्रदेश नं. ७ को अध्यक्ष प्रेस चौतारी नेपालले पाउने भएका छन् भने उपत्यका प्रदेशको अध्यक्ष प्रेस सेन्टर, प्रतिष्ठान प्रदेशको अध्यक्ष प्रेस चौतारी नेपाल र एसोसिएट प्रदेशको अध्यक्ष नेपाल प्रेस युनियनले पाउने भएको हो ।
प्रदेश अधिवेशनका लागि भोली बुधबार अर्थात् बैशाख ५ गते मतदाताकाे नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

सहमतिपत्र यस्ताे छ