आईजीपी बढुवा विवाद मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाई हुँदै

आईजीपी बढुवा विवाद मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाई हुँदै

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा अर्को पेसी आजका लागि तोकिएको थियो ।

सरकारले पहिलो वरीयतामा रहेका एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाई तेस्रो नम्बरमा रहेका सिंहलाई बनाएपछि सर्वोच्चमा रिट दर्ता भएको हो । पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफूभन्दा कनिष्टलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको जिकिर गर्दै वैशाख १९ मा रिट दायर गरेका थिए ।