पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ४ रुपैया बढ्यो (कस्काे कति हेर्नुहाेस्)

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ४ रुपैया बढ्यो (कस्काे कति हेर्नुहाेस्)

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मुल्य बढेपछि सोहीअनुसार मुल्य समायोजन भएकाे हाे ।

‘भारतीय आयल निगम (आईओसी)ले पठाएको नयामुल्य सुचीअनुसार प्रतिलिटर पेट्रोलको १ रुपैयाँ, डिजेल र मट्टिलेलको मुल्यमा २/२ रुपैयाँ बढेको छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागु हुनेछ ।’

नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोलको मुल्य १ सय ६ रुपैयाँ, डिजेल र मटितेल प्रतिलिटर ८७/८७ रुपैयाँ पुगेको निगमले जनाएको छ । यसघि प्रतिलिटर पेट्रोलको मुल्य १ सय ५ रुपैयाँ, डिजेल ८५, मट्टितेल ८५ रुपैयाँ थियो । नयाँ मुल्यअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ९१ पैसा नाफा छ । डिजेलमा भने पैसा घाटा छ । डिजेलमा प्रतिलिटर ०.७६ रुपैयाँ घाटा रहेको प्रवक्ता गोइतले बताए ।

निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ । खाना पकाउने एलपी ग्यासको मुल्य १३ सय ७५ रुपैयाँ पर्छ । हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ९५ रुपैयाँ छ । हवाई इन्धन अन्र्तराष्ट्रियतर्फ प्रतिलिटर १ अमेरिकी डलर तोकेको छ ।