प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल जारी

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल जारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आज कृषि तथा पशुपक्षी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल गर्ने सम्भावित कार्यसूची छ । यस्तै आजको बैठकमा सांसद् प्रेम सुवालले “विनियोजन विधेयक, २०७९ अन्र्तगत कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी सांसद् दुर्गा पौडेलले “विनियोजन विधेयक, २०७९ अन्र्तगत कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

सांसद् पद्माकुमारी अर्यालले “विनियोजन विधेयक, २०७९ अन्र्तगत कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै बिमला वि.क.ले “विनियोजन विधेयक, २०७९ अन्र्तगत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।