साप्ताहिक राशिफल २०७५ वैशाख ०२ गतेदेखि वैशाख ०८ गतेसम्म हेर्नुहाेस्

साप्ताहिक राशिफल २०७५ वैशाख ०२ गतेदेखि वैशाख ०८ गतेसम्म हेर्नुहाेस्

मेष राशिकाे फलादेश

बाह्रौं भावमा रहेको चन्द्रमाका साथमा यस साताको प्रारम्भ भएको छ, त्यसैले तपाईंले जेगरे पनि योजनाबद्ध भई काम गर्नु राम्रो हुन्छ । फजुल खर्च वा बाध्यताकारी खर्चको मात्रामा बृद्धि हुने सम्भावना छ । मनमा पनि स्थिरता र शान्तिको कमी हुनेछ । काम गर्दा अर्काको भर पर्नु हुँदैन, विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । परिवारमाम किसिमकिसिमका समस्या उत्पन्न हुनाले मन खिन्न हुनेछ । दीर्घकालीन लगानीले पिरोल्न सक्छ । प्रतिकूल समय छ । तर साताको उत्तरार्द्धमा आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृंगार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक वातावरणमा हर्षको वातावरण बन्नेछ ।सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ ।

बृष राशिकाे फलादेश

साताको मध्यभाग अलि कमजोर देखिए पनि समग्रमा उत्तम समय रहने छ । साताको प्रारम्भमा धर्मकर्ममा रुचि बढ्ने छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुले तपार्इंको प्रशंसा गर्नेछन् । गरेका कामको उच्च मूल्याङ्कन हुने छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । सोमबारदेखि बुधबारसम्म राम्रो समय छैन । पारिवारिक वातावरण अनुकूल हुने छैन । मानसिक एवं बौद्धिक क्षमता कमी आउने छ । नजिकैका व्यक्तिबाट अपमान वा अपजस व्यहोर्नु पर्नेछ । आर्थिक पक्ष कमजोर देखिन्छ । अनायासै खर्च बढ्ने वा सामान हराउने सम्भावना पनि छ । तर साताको अन्त्यमा रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुनेछ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । नयाँ काममा हात हाल्ने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ, त्यस्तै बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला ।

मिथुन राशिकाे फलादेश

सप्ताहान्तमा अनायासै खर्च बृद्धि हुने देखिए पनि तपाईंका लागि यो साता राम्रो रहने छ । कर्मक्षेत्रमा उच्च सफलता हासिल हुनेछ, हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । पितृधनबाट फाइदा उठाउन सकिनेछ, आम्दानी बढ्ने छ । तर मौजमज्जा र रमणीयताका क्षेत्रमा धननाश हुने सङ्केत पनि छ । आत्मबल बढ्ने छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्ध सुमधुर रहने छ । समाजसेवाका कामबाट लाभ हुनेछ । सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । न्यायिक वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । तर बुधबारपछि खर्चमा नियन्त्रण गर्नुपर्छ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ, तर अनावश्यक यात्रा र झैझमेलाबाट जोगिनु राम्रो हुन्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुपर्छ । मनमा दोधारको अवस्था हुनसक्छ ।

कर्कट राशिकाे फलादेश

भाग्यस्थानमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भएकाले समग्रमा उत्साहबर्द्धक समय रहने छ । कुनै लाभमूलक यात्राको सम्भावना छ, धार्मिकस्थल, देवालय आदिको भ्रमण हुन सक्छ, फाइदा हुनुका साथै मनोरञ्जन समेत प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । पुराना कुरा र यादमा कुनै समय यापन हुन सक्छ । सोमबार सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । कार्यक्षेत्रमा सफल भइने छ, हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साताभरि सन्तान पक्षबाट पनि राम्रै सरसहयोग प्राप्त हुनेछ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय हो, यो साता । तर शनिबारका दिन राम्रो छैन, आकस्मिक यात्राको समय छ, तर यात्राबाट सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । मनमा विरक्तिको भाव बहन सक्छ । बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन सक्दैन । उता तपाईंका कुरा काट्नेको कमी हुने छैन ।

सिंह राशिकाे फलादेश

राम्रो समय छैन । सन्तानका क्रियाकलापले दुःखी तुल्याउन सक्छ वा तिनको कामधाम र भविष्यका बारेमा घोत्लिन बाध्य हुनु पर्ने छ । छात्रछात्राले शिक्षाक्षेत्रमा उपलब्धी लिन सक्दैनन् । यात्रा गर्दा सचेतता र सावधानी अपनाएको राम्रो हुने छ, चोटपटकको भय छ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु राम्रो हुन्छ । तर साताको उत्तरार्द्धमा पुराना साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । कर्मसिद्धिको समय छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

कन्या राशिकाे फलादेश

मिश्रित प्रभाव भएको साता छ, रसरङ्गमा समय बित्नेछ । मेवामिष्ठान्न खान पाइने र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । तर सोमबारपछि बुधबारसम्म कमजोर समय रहने छ । आमा वा मामाको स्वास्थ्यमा समस्या आउन सक्छ अथवा घरभित्र सानो विषयले ठूलो विवाद निम्त्याउन बेर लाउँदैन । व्यापारीहरूले हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । छात्रछात्रा रमाइलोमा भुलिने छन् । यात्रा घातक बन्न सक्छ, धेरै टाढा जानु हुँदैन । तर साताको अन्त्य अनुकूल नै देखिन्छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । कुनै लाभदायक समाचार सुन्न पाइएला । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

तुला राशिकाे फलादेश

राम्रो समय छैन । पेसागत र व्यवसायिक स्थिति बिग्रँदै जानेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । स्वास्थ्य सम्बन्धी विविध समस्याले मानसिक रूपमा विचलन ल्याउने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु बेस हुन्छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम बढी समय लगाएर गर्नु पर्ला । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । प्रतिकूल समयले घेरेको छ । सोमबारपछि बुधबारसम्म केही हदमा शुभ छ, जीवनसाथी वा विपरीतलिंगी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने छ । घरमा माङ्गलिक कृत्य सम्पादन गर्ने समय छ । आगामी शनिबारका दिन कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

बृश्चिक राशिकाे फलादेश

प्राप्त गरेको ज्ञान अरुलाई बाँड्ने बेला हो, त्यसैले बौद्धिक तथा प्राज्ञिक गतिविधिमा व्यस्त रहेर आगामी दिनहरू व्यतीत हुनेछन् । परिणामका दृष्टिले मध्यम प्रकृतिको समय रहने छ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष हुनेछ । सोमबारपछि बुधबारसम्म स्वास्थ्य प्रतिकूल रहने छ, अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन् । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । आमा वा दिदीको स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । तर सप्ताहान्त मनोरञ्जनपूर्ण रहने छ, लामो समयपछि रसरङ्गको चाहना पूर्ण हुनेछ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ । शनिबारको दिन चोटपटकको सम्भावना भएको दिन हो । कुम, कुइना वा घुँडामा चोट लाग्न सक्छ । सवारी साधन हाँक्दा सचेतता अपनाउनु बेस हुनेछ ।

धनु राशिकाे फलादेश

परिवार र पारिवारिक समस्या हल गर्ने समय हो । सुरुमा घरायसी वातावरणमा केही धमिलोपन आउने संकेत पनि छ । सामान्य कुराले पनि मन पिरोल्न सक्छ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । पढाइलेखाइमा जाँगर चल्दैन । भरमा पार्नेहरूले धोका दिनसक्छन् । तर सोमबारदेखि बुधबारसम्म अनुकूल समय रहने छ, व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइने छ । पारिवारिक जीवनमा खुसी, उमंग र उल्लासको वातावरण देखिने छ । साथीभाइ जम्मा हुने र मनोरञ्जन गर्ने अवसर मिल्नेछ । तर साताको अन्त्य खराब छ, कुरा काट्ने र बझाउने वा झगडा लाउनेहरूसित सतर्क रहनु बेस हुनेछ । परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ । जीवनसँगीसित ठाकठुक पर्न सक्छ । मानसिक तनावको सिर्जना हुनेछ । पेटमा खराबी हुनाले थकानको अनुभूति हुनेछ । तर आगामी शनिबारको दिन मनोरञ्जनपूर्ण समय रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नेछ । आम्दानी बढ्नेछ ।

मकर राशिकाे फलादेश

साताको मध्यभागमा केही घरायसी समस्यामा केन्द्रित हुनु परे पनि समग्रतामा राम्रै साता छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । दिनदुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले लाभ प्राप्त गर्नेछन् । आफूलाई लाभ हुने कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक क्षेत्रमा सफलता मिल्नेछ । भोगविलासमा मन जानेछ । समय रमाइलो गरी बित्नेछ । शनिबारका दिन झगडाको योग छ, काममा अधिकार प्राप्तिका लागि तर्क, बहस र छलफलमा दिन बिताउनु पर्नेछ । प्रतिस्पर्धी र शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती र अपठ्याराको सामना गर्नुपर्छ ।

कुम्भ राशिकाे फलादेश

धनधान्य, सुखसम्मृद्धि र प्रसिद्धि जुटाउने समय चल्दैछ, त्यसैले यो साता विशेष महत्वको समय हुनेछ । भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । बोलीमा पूर्ण प्रभाव छ, तर विवाद र झगडामा पछि हट्नु नै बेस हुनेछ । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्ने छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । तर बुधबारदेखि शुक्रबारसम्म परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, परिवारकै सदस्यबाट धोका हुनसक्छ ।

मीन राशिकाे फलादेश

लगनशीलता र निष्ठाका साथमा काम गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन गर्न सकिने छ, उत्तम सप्ताह छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुनेछ । नोकरी र बन्दव्यापारबाट सन्तुष्टि मिल्नेछ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल हुनेछ । नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । धन लगानी गर्ने अवसर पाउनुहुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ । कुनै देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन हुनेछ । मित्रवर्ग र बन्धुवान्धवबाट राम्रो सहयोगको अपेक्षा गर्न सकिन्छ । तर शनिबारको दिन अनुकूल छैन, मनमा बसाइ सर्ने, सरुवा हुने वा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । अनावश्यक खर्चको मात्रा बढ्ने छ । शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । धैर्यले काम लिनुपर्छ ।

-ज्याेतिषसाथीबाट