बुधबार ६ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपालमा बुधबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ८ सय ५६ पिसिआर परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ६ सय १७ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा कोरोना संक्रमण नदेखिएको स्वास्थय मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको छ्रैन । त्यस्तै थप ८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय २९ जना निको भएका छन् ।

हाल नेपालमा १ सय ४७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।