काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायको विकास विस्तार र प्रर्वद्धनमा कियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा २१ औं फ्लोरा एक्स्पो सुरु भएको छ । काठमाडौंको भृकुटिमण्डपमा सञ्चालित उक्त एक्स्पोको कृषि, भुमि व्यवस्था तथा सहकारि मन्त्री चक्रपाणी खनालले उद्घाटन गरे ।
सो क्रममा मन्त्री खनालले विश्वका कम मुलुकमा रहेको गुरांस सम्वन्धी अध्ययन अनुसन्धान गरि उत्पादन बढाएर निर्यात बढाउन सकिने तथा विश्वमा गुरांसको फूल निर्यात गर्ने मुलुकको रुपमा चिनाउन सकिने बताए । फूल उत्पादनको हिसाले नेपाल सन्तुलनमा रहेको जस्तो देखिए पनि हावापानी माटो र जमिनको हिसावमा यो अवस्था नकारात्मक रहेको उल्लेख गरे । आयात प्रतिस्थापन गरि कृषिमा आत्मनिर्भर गराउने तथा आर्थीक सम्वृद्धिको नारा लिएर अगाडी वढेको यस सरकारले कृषिको २० वर्षे योजनालाई प्राथमिकतामा राखि हाल सञ्चालनमा रहेको १० वर्षे योजनालाई पनि प्रभावकारि वनाइनुका साँथै नयाँ योजना सञ्चालन गर्ने तयारि भएको मन्त्री खनालले जानकारि दिए ।
त्यस्तै, कार्यक्रमा आफ्नो धारण राख्दै प्रदेश नं ३ का सासंद रामेश्वर फुयाँलले शाररिक तथा मानसिक श्रम गर्नेलाई समानरुपमा हेरिनु पर्ने बताए । त्यसैगरि, उद्योग वाणिज्य संघका उपाध्यक्ष किसोर प्रधानले देशको अर्थतन्त्रलाई माथि उकास्न तथा आर्थीक सम्वृद्धिको लागि कृषि तथा भुमि व्यवस्थाले अशम भुमिका खेल्ने बताए ।
पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साँथ एक्स्पो आयोजना गरिएको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारि दिए । नेपाल सरकार कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग तथा पुष्प बिकास केन्द्रको सहकार्यमा एक्स्पो सञ्चालन गरिएको उनले बताए । श्रेष्ठले भने ‘नेपालमा बिस २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय काठमाडौंमा मात्र केन्द्रित नभएर धनगढी, पोखरा, नारायणघाट, हेटौंडा, बुटवल, विराटनगर, धरान, झापा लगायतका क्षेत्रमा विस्तार भईसकेको छ ।’ साँथै उनले गत आब २०७३÷७४ सम्म आई पुग्दा ४१ जिल्लामा लगभग ६ सय ७८ ठाँउमा १ सय ५३ हेक्टर क्षेत्रफलमा पुष्प खेति भईरहेको जानकारि दिए । त्यस्तै, एसोसिएसनका वरिष्ट उपाध्यक्ष दिलिप वादेले करिव ४३ हजार भन्दा बढिलाई रोजगारी दिन सफल भएको पुष्प व्यवसाय क्षेत्रले गत वर्षसम्ममा जम्मा १ अर्व भन्दा बढिको कारोबार गर्न सफल भएको जानकारि दिए । वादेका अनुसार आब २०७३÷७४ मा १० करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे र पुष्प व्यवसाय मार्फत बार्षिक १० देखि १५ प्रतिशत हाराहारीमा बार्षिक बृद्धिदर रहेको छ ।
मेलामा १० वटा अफिसिल स्टल, १ वटा प्रतियोगितात्मक प्रदर्शनीका स्टल, ४ वटा ल्याण्डस्केपिङ्गका स्टल, ६५ वटा व्यवसायीक स्टल र २ वटा फूडस्टल गरि जम्मा ८२ वटा स्टल रहका छन । त्यसैगरि, एक्स्पोमा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहेको मेला संयोजक तथा एसोसिएसनका उपाध्यक्ष रामजी तिमिल्सिनाले जानकारि दिए ।
मेलामा सहभागि भएका बिभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु विच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने समेत कार्यक्रम रहेको एसोसिएसनका उपाध्यक्ष एवं मेला संयोजक रामजीप्रसाद तिमिल्सिनाले जानकारि गराए ।
साँथै, मेलामा उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट फूल्ने बिरुवा, उत्कृष्ट ल्याण्डस्केप, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट स्टल, उत्कृष्ट कट फ्लावर (गुलाब), उत्कृष्ट कट फ्लावर (कार्नेशन), उत्कृष्ट कट फ्लावर (जरबेरा), उत्कृष्ट कट फ्लावर (ग्लाडुओलस) गरि १० विधामा प्रतियोगिता गराइएको थियो । त्यस्तै, २०४२ सालमा स्थापित झापा जिल्ला, मेची नगरपालिकामा रहेको राज कमल नर्सरीलाई कदर पत्रद्वारा सम्मान समेत गरिएको छ ।