काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता

काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता

काठमाडौँ, ३१ वैशाख।काठमाडौँ महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार अपराह्न १२ बजेसम्म १०० मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता देखिएको छ ।

मतगणनाको अतिप्रारम्भिक परिणामअनुसार साहले २२ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका सिर्जना सिंहले १८ र नेकपा एमालेका केशव स्थापितले १३ मत प्राप्त गर्नुभएको छ ।महानगरपालिकाको वडा नं १ र ३२ बाट गणना सुरु भएको छ । मतगणना जारी छ ।