ललितपुर महानगरपालिकाको मतगणना सुरु

ललितपुर महानगरपालिकाको मतगणना सुरु

ललितपुर , ३१ वैशाख।ललितपुर महानगरपालिकामा मतगणना सुरु भएको छ ।

जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा वडा नम्बर १ देखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।बिहान ७ बजे बसेको सर्वदलीय बैठकको निर्णय पछि वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो । महानगरको प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण ब्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत उम्मेदवार छन् ।