

काठमाडौं, ३० वैशाख।तनहुँको व्यास नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको जोशीले बताएका छन् । उनको टाउकोमा चोट लागेको छ ।
मतपत्र च्यातिएपछि विवाद हुँदा उनीमाथि आक्रमण भएको बुझिएको छ । जोशी एमालेको समेत समर्थन मेयरको उम्मेदवार बनेका हुन् ।