एमालेकाे चुनावी सभा पोखरामा, केपी ओलीले सम्बोधन गर्ने

एमालेकाे चुनावी सभा पोखरामा, केपी ओलीले सम्बोधन गर्ने

पोखरा । नेकपा (एमाले)ले आज पोखरामा चुनावी सभा गर्दैछ ।

गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले आज सम्बोधन गर्नेछन् । एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागिएको हो । सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए । पोखरामा गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेका छुट्टै उम्मेदवार छन् ।