हेटौडाको श्री कृष्ण आदर्श इङ्ग्लिश बोर्डिंगले स्कुलले ७५ जना विद्यार्थीलाई छात्रवृत्ति दिने

हेटौडाको श्री कृष्ण आदर्श इङ्ग्लिश बोर्डिंगले स्कुलले ७५ जना विद्यार्थीलाई छात्रवृत्ति दिने

हेटौंडा । हेटौंडा–९ लामसुरेस्थित कृष्ण आदर्श इङ्ग्लिस बोर्डिङ स्कूलले शैक्षिक सत्र २०७९ को नयाँ भर्नासंगै विद्यालयले ७५ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । जस अन्तर्गत ७५ प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई ९५ प्रतिशत छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्राध्यापक नवीन केसीले जानकारी दिए ।

प्राध्यापक केसीकाअनुसार छात्रवृत्ति कार्यक्रममा नयाँ भर्ना हुन आउने र विद्यालयमा अध्ययनरत दुवै तर्फका विद्यार्थीलाई समानरुपमा प्रतिस्पर्धाको अवसर प्रदान गरिनुका साथै प्रवेश परीक्षा यहि जेठ ७ गते शनिबारका दिन विद्यालय प्राङ्गणमा सञ्चालन गरिनेछ बताए । १ सय पूर्णाङ्कको प्रवेश परीक्षामा वस्तुगत प्रश्न सोधिनेछ भने उक्त परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थी छात्रवृत्तिका लागि योग्य हुने जानकारी प्राध्यापक केसीले दिए ।

कक्षा ५ देखि कक्षा ९ सम्म गरि जम्मा ७५ जना विद्यार्थीलाई कुल शैक्षिक शुल्क मध्ये ९५ प्रतिशत शैक्षिक शुल्क छात्रवृत्तिस्वरुप छुट गरिनेछ भने जम्मा ५ प्रतिशत रकम मात्रै लिईने उनले जानकारी दिए ।

शनिबार शैक्षिक सत्र २०७८ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ भने परीक्षाको नतिजा अभिभावकको उपस्थितिमानै सार्वजनिक गरिएको पनि उनले बताए । नतिजा सार्वजनिकसँगै विद्यालयले कक्षागत उत्कृष्ट ५ जना र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने कक्षाका १० जनाका दरले विद्यार्थीलाई मेडलसहित सम्मान गरेको छ । नतिजा सार्वजनिक गर्ने अवसरमा विद्यार्थी, अभिभावक, स्थानीय समुदाय समेत सहभागी हुन पाउने गरी स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

यसका साथै हरेक महिना विभिन्न स्वास्थ्यसम्बन्धी शिविरको आयोजनासंगै विद्यालयले शैक्षिक सत्र २०७९ मा हरेक विद्यार्थीको बिमा समेत गर्ने योजना रहेको केसीले जानकारी दिए । यसका साथै हरेक बालबालिकाले उत्कृष्ट शिक्षा पाउनुपर्ने उनीहरुको नैसर्गिक अधिकार रहेको र यसका लागि श्री कृष्ण आदर्श बोर्डिंगले स्कुल हरदम तत्पर हरेको पनि बताए ।