नेपाली कांग्रेसले आगामी संघीय र प्रदेश चिर्वाचनको लागि पार्टीको घोषणा पत्र तयार पारेकाे छ । काँग्रेसले मंगलबार मध्याह्न साढे १२ बजे एक कार्यक्रमकाे अायाेजनागरी अाैपचारीक रूपमा घोषणा पत्र सार्वजनिक गर्ने भएकाे छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि पार्टीले केन्द्रीय तहमा पार्टीको घोषणापत्र तयार भईसकेकोले मंगलबार सार्वजनिक गर्ने तयारी गरेकाे काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
यसपटक मुलुकका दुई मुख्य कम्युनिष्ट शक्तिहरु एक भएर चुनाव लड्न लागेकोले काँग्रेसले पनि उनीहरुको भन्दा उत्कृष्ट घोषणापत्र तयार गरिएको काँग्रेसले जनाएको छ । बाम गठबन्धनपछि एमाले माओवादीले एउटै घोषणापत्रबाट चुनाव लड्दैछन् । यद्यपि उनीहरुले औपचारिक कार्यक्रम मार्फत् घोषणापत्र सार्वजनिक गरिसकेका छैनन् ।
कांग्रेसले आर्थिक समृद्धि, पर्यटन विकास, युवा उद्यम, कृषिको आधुनिकीकरणजस्ता एजेण्डा समेटेर घोषणापत्र तयार पारेको हाे ।
घोषणा पत्रमा बाम गठबन्धनलाई सत्ता स्वार्थको संज्ञा दिएको छ । माओवादी केन्द्रलाई अस्थिर राजनीतिक लाभ खोज्ने अवसरवादीको आरोप लगाइएको छ । कांग्रेसले एमालेलाई राष्ट्रिय एकता र समृद्धिको बाधककाे संज्ञा दिएको छ ।
‘मधेस आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै र मधेसी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै आएको एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको छ’, घोषणा पत्रमा भनिएको छ ।
‘पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टी विगत एक दशकदेखि अस्थिर राजनीतिक समीकरण, सत्ता स्वार्थको गठबन्धन, वैचारिक अस्पष्टता र असफलताको केन्द्र बन्दै आएको छ’, घोषणा पत्रमा भनिएको छ ।
काँग्रेसले यो पटकको चुनावी नारा ‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ नै राखेको छ ।
(घाेषणा पत्रकाे पूर्ण पाठ सहित)